+
+
Shares

झापा-३ बाट कृष्ण सिटौलाका छोरासहित ८ जनाको नाम सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते १८:३९
Listen News
0:00
0:30
🔊

२४ मंसिर, काठमाडौं । झापा–३ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फको उम्मेदवारका लागि नेपाली कांग्रेसबाट आठ जनाको नाम सिफारिस गरिएको छ ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको क्षेत्रमा प्रत्यक्षतर्फ पहिलो नम्बरमा नवीन विमलीको नाम सिफारिस गरिएको छ । प्रत्यक्षतर्फ सिफारिसमा परेका अन्यहरुमा भगिरथ पोहार, शर्मिला अधिकारी, टीकाराम ढकाल, सीताराम खड्का, श्यामप्रसाद सिटौला, राजेन्द्र घिमिरे र देउपप्रसाद लाबुङको नाम सिफारिस गरिएको छ । छैठौं नम्बरमा सिफारिस गरिएका सिटौला नेता कृष्ण सिटौलाका पुत्र हुन् ।

यस क्षेत्रमा विगतमा नेता सिटौला उठ्दै आएका थिए । प्रतिनिधि सभामा प्रत्यक्षतर्फ गत निर्वाचनमा पराजित सिटौलालाई कांग्रेसले राष्ट्रिय सभा सदस्य बनाएको छ ।

झापा–३ मा समानुपातिकतर्फ ११ जनाको नाम सिफारिस गरिएको छ । झापा–३ मा प्रत्यक्ष र समानुपातिकतर्फ सिफारिस गरिएको सूची:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?