२४ मंसिर, काठमाडौं । झापा–३ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फको उम्मेदवारका लागि नेपाली कांग्रेसबाट आठ जनाको नाम सिफारिस गरिएको छ ।
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको क्षेत्रमा प्रत्यक्षतर्फ पहिलो नम्बरमा नवीन विमलीको नाम सिफारिस गरिएको छ । प्रत्यक्षतर्फ सिफारिसमा परेका अन्यहरुमा भगिरथ पोहार, शर्मिला अधिकारी, टीकाराम ढकाल, सीताराम खड्का, श्यामप्रसाद सिटौला, राजेन्द्र घिमिरे र देउपप्रसाद लाबुङको नाम सिफारिस गरिएको छ । छैठौं नम्बरमा सिफारिस गरिएका सिटौला नेता कृष्ण सिटौलाका पुत्र हुन् ।
यस क्षेत्रमा विगतमा नेता सिटौला उठ्दै आएका थिए । प्रतिनिधि सभामा प्रत्यक्षतर्फ गत निर्वाचनमा पराजित सिटौलालाई कांग्रेसले राष्ट्रिय सभा सदस्य बनाएको छ ।
झापा–३ मा समानुपातिकतर्फ ११ जनाको नाम सिफारिस गरिएको छ । झापा–३ मा प्रत्यक्ष र समानुपातिकतर्फ सिफारिस गरिएको सूची:
प्रतिक्रिया 4