+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते १०:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ३ अर्ब २ करोड चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।
  • कम्पनीले कुल १५ करोड १४ लाख रुपैयाँ बराबरको लाभांश आगामी साधारणसभा र बीमा प्राधिकरणको स्वीकृति पछि वितरण गर्ने जनाएको छ।
  • हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४१७ रुपैयाँ हाराहारीमा रहेको छ।

२५ मंसिर, काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजी ३ अर्ब २ करोडको ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यो लाभांश करसहित हो ।

कुल १५ करोड १४ लाख रुपैयाँ बराबरको लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ । यो लाभांश आगामी साधारणसभा तथा नियामक बीमा प्राधिकरणबाट स्वीकृति भएपश्चात वितरण हुनेछ । हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४१७ रुपैयाँ हाराहारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?