+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

यूएन पार्क सडकखण्डमा ५ वटा गाडी ठोक्किए, एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते १९:००

२५ मंसिर, काठमाडौं । ललितपुरको यूएनपार्कस्थित बागमती करिडोर सडकखण्डमा ५ वटा सवारीसाधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।

कुपण्डोल पुलबाट यूएनपार्क पुलतर्फ जाँदै गरेको बा.प्र.०१-०२९ च ३८९६ भ्यानले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१-०२२ च ००६१ नम्बरको कार, बा२ज ४७६० नम्बरको कार, बा.प्र. ०१-०२९ च ८१४५ नम्बरको भ्यान र कुपण्डोलबाट यूएन पुलतर्फ आउँदै गरेको बा ५१ प ९५६९ न. स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

बिहीबार करिब ४ बजेको समयमा भएको उक्त दुर्घटनामा परी स्कुटर चालक रौतहटको गौर नगरपालिका-९ का करिब ४५ वर्षीय राजिव सिन्हाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएका सिन्हालाई उपचारका लागि नर्भिक अस्पताल पठाइएको थियो । सिन्हाको उपचारको क्रममा साढे ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

चार वटै गाडीका चालक र सवारीसाधन प्रहरी परिसर जावलाखेलको नियन्त्रणमा रहेको र दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?