+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवालाई ३ वर्ष जेल सजाय

अदालतले ३१ वर्षीय अभिषेक तिमल्सिनालाई बलात्कारको दुई अभियोग र सहमति बिना चार अश्लील कार्यको दोषी ठहर गर्दै ३ वर्षको जेल सजाय सुनाएको अष्ट्रेलियाको समाचार संस्था एबीसी न्‍यूजले उल्लेख गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २६ गते ९:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अष्ट्रेलियाको क्‍यानबेरामा एक नेपाली युवक अभिषेक तिमल्सिनालाई युवतीमाथि बलात्कार गरेको आरोपमा ३ वर्षको जेल सजाय सुनाइएको छ।
  • अदालतले तिमल्सिनालाई बलात्कारको दुई अभियोग र सहमति बिना चार अश्लील कार्यको दोषी ठहर गर्दै सजाय सुनाएको छ।
  • यो घटना नोभेम्बर २०२२ मा वेस्टफिल्ड बेलकन्ननको आर्ट पसलमा भएको थियो र यो सकारात्मक सहमति कानून अन्तर्गत पहिलो परीक्षण हो।

२६ मंसिर, काठमाडौं। अष्ट्रेलियाको क्‍यानबेरामा रहेको एसीटी सुप्रिम कोर्टले युवतीमाथि बलात्कार गरेको अभियोगमा एक नेपाली युवालाई ३ वर्षको जेल सजाय सुनाएको छ ।

अदालतले ३१ वर्षीय अभिषेक तिमल्सिनालाई बलात्कारको दुई अभियोग र सहमति बिना चार अश्लील कार्यको दोषी ठहर गर्दै ३ वर्षको जेल सजाय सुनाएको अष्ट्रेलियाली समाचार संस्था एबीसी न्‍यूजले उल्लेख गरेको छ ।

युवकले क्यानेबेरामा रहेको एक मलमा आफू काम गर्ने आर्ट पसलमा ग्राहकलाई बलात्कार गरेको अभियोगमा दुई पटक मुद्दा चलाएको थियो।

समाचारका अनुसार,  यो घटना नोभेम्बर २०२२ मा वेस्टफिल्ड बेलकन्ननको आर्ट पसलमा भएको थियो। ग्राहक सामान किन्न आएकी थिइन्। तिमल्सिनाले पसलको सटर लगाए, महिलालाई कामको सर्ट लगाउन लगाए, उनको फोटो खिचे र सहमति बिनै चुम्बन गरे।

त्यसपछि उनले महिलालाई पछाडिको कोठामा लगे जहाँ महिलाले ‘असफल प्रतिरोध’ गरे पनि उनले दुई पटक बलात्कार र धेरै पटक अश्लील दुर्व्यवहार गरे।

यता, एटीसी सर्वोच्चका न्यायाधीश भेरिटी म्याकविलियमले तिमल्सिनाले युवतीमाथि बलात्कार गर्ने योजनाबद्ध रूपमा वातावरण बनाएको बताए। उनले पसलको रोलर ढोका बन्द गरेको, ‘स्वतःस्फूर्त’ फोटो खिच्न सुरु गरेको र महिलालाई आफ्नो शर्ट फेर्न आग्रह गरेको उल्लेख गरेको फैसलामा उल्लेख गरेको छ।

‘पीडित पसलमा बन्द थिइन्, जसले गर्दा उनीमाथि जोखिम बढ्‍यो,’ न्यायाधीशले फैसलामा लेखेका छन् ।

तिमल्सिना नेपालमा हुर्किएका हुन् । उनी १२ महिनाभन्दा बढी जेल परेमा निर्वासनको जोखिममा पर्ने छन्।

समाचार अनुसार, यो मुद्दा सकारात्मक सहमति कानून (एसीटी) अन्तर्गत पहिलो परीक्षण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?