काठमाडौं । कम्बोडियाका साथ सीमामा जारी साता लामो झडपका बीच थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चर्नविराकुलले संसद् भंग गरेका छन् ।
संसद् भंग भएसँगै अब थाइल्यान्डमा ४५ देखि ६० दिनभित्र आमनिर्वाचन हुने छ ।
प्रधानमन्त्री चर्नविराकुलले शुक्रबार वक्तव्य जारी गर्दै आफ्नो नेतृत्वको अल्पसंख्यक सरकारले तीन महिना अघि सत्तामा आएसँगै सीमा क्षेत्रमा घातक झडपहरूको चुनौतीहरू सामना गर्नु परेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘यसको उचित समाधान संसद् भंग गर्नु हो । यो नै राजनीतिक शक्तिलाई जनतामा सुम्पिने एक तरिका हुने छ ।’
व्यवसायीबाट नेता बनेका चर्नविराकुल अगस्त २०२३ देखि थाइल्यान्डका तेस्रो प्रधानमन्त्री हुन् । सेप्टेम्बर महिनामा सत्तामा आउँदा उनले जनवरी अन्त्यसम्म संसद् भंग गर्ने वाचा गरेका थिए ।
प्रतिक्रिया 4