+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

३२ वर्षकै उमेरमा पालिका हाँकेका ओझाको एमाले केन्द्रीय सदस्यमा दाबी

२०७४ सालमा रुपा गाउँपालिका अध्यक्ष बनेका ओझा २०७९ को स्थानीय तह निर्वाचनमा लोकप्रिय मतका साथ दोस्रो पटक सोही पालिका अध्यक्ष चुनिएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २६ गते १३:३८

२६ मंसिर, पोखरा । नेकपा एमालेमा युवा सहभागिताको बहस चलिरहेका बेला ३२ वर्षकै उमेरमा कास्कीको रुपा गाउँपालिका अध्यक्ष बनेका नवराज ओझाले ११औं महाधिवेशनमा केन्द्रीय सदस्यको दाबी गरेका छन् । उनी कास्की–१ बाट एमाले महाधिवेशन प्रतिनिधि हुन् ।

२०७४ सालमा रुपा गाउँपालिका अध्यक्ष बनेका ओझा २०७९ को स्थानीय तह निर्वाचनमा लोकप्रिय मतका साथ दोस्रो पटक सोही पालिका अध्यक्ष चुनिएका थिए ।

गाउँपालिका महासंघ गण्डकीका अध्यक्षसमेत रहेका ओझाले ४० वर्षमुनिका युवाको तर्फबाट केन्द्रीय सदस्यमा दाबी गरेका छन् । ओझा देशभरिका प्रदेशमध्ये एमालेबाट एक मात्र गाउँपालिका महासंघको अध्यक्ष हुन् भने दोहोरिएर जित्ने पालिका अध्यक्षमध्येमा पनि कान्छा दाबेदार हुन् ।

‘एमाले भित्र युवा सहभागिताको मुद्दा हामीले २०७४ सालतिरै पेचिलो बनाएका थियौं । मलाई ३२ वर्षको उमेरमै पार्टीले गाउँपालिकाको टिकट दियो र नागरिकले पालिकाको नेतृत्वमा पु¥याए,’ अध्यक्ष ओझाले भने, ‘अहिले म ३९ वर्षमा लागेको छु र साथीहरूले केन्द्रीय सदस्य बन्नुपर्छ भनेर हौसला दिइरहनुभएको छ ।’

गाउँपालिका अध्यक्ष हुनुअघि ओझा युवा संघको तत्कालीन गण्डकी अञ्चल अध्यक्ष थिए भने अहिले एमाले कास्की जिल्ला कमिटीको उपसचिव छन् । युवातर्फबाट नै महाधिवेशन प्रतिनिधि बनेका ओझा नेतृत्वले पनि अब युवा सहभागितालाई सुनिश्चित गर्नुको विकल्प नभएको बताउँछन् ।

ओझाले एमालेको झण्डा बोकेर २ पटकसम्म पालिकाको अध्यक्ष बनेर सबै पार्टी र नागरिकलाई समट्दै अगाडि बढेको बताउँदै त्यो अनुभव अब पार्टीका निम्ति पनि सदुपयोग गर्ने जिकिर गरे । पार्टी संगठन निर्माण र सिंगो गाउँपालिकाको नेतृत्व गरको अनुभव अब एमालेको केन्द्रीय सदस्य बनेर नीति निर्माणको तहमा लगाउने उनको भनाइ छ ।

अहिलेको अवस्थामा नीति र नेतृत्वमा स्पष्ट, दृढ र नागरिकमा एमालेलाई जोडिराख्नुपर्ने चुनौतीको सामना गर्नुपर्ने भएकाले गुटभन्दा माथि उठ्नुपर्ने उनको भनाइ छ । गण्डकीमा उनी एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारी निकट मानिन्छन् । तर उनी आफू कुनै गुटभन्दा पनि एमाले भएको नजरले हेर्नुपर्ने बताउँछन् ।

‘जेनजी आन्दोलनपछि युवा आउनुपर्छ भन्ने चर्को बहस छ । पार्टी रुपान्तरण र पुन्तान्तरणको नारालाई आत्मसात गर्दै सबैभन्दा पहिले महाधिवेशन डाक्ने पार्टी नै एमाले हो,’ अध्यक्ष ओझाले भने, ‘अब यही पार्टीको प्रवाहमा युवाहरूले पनि प्रतिनिधित्व गर्दै नीति र संगठन निर्माणमा जोड दिनुपर्छ ।’

पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन खुला प्रतिस्पर्धा हुनुपर्ने र महाधिवेशनमा हुने मतदानलाई पनि स्वाभाविक हिसाबले लिएर भोलिका दिनमा पनि एकतावद्ध हुनुपर्ने ओझाको धारणा छ । एमाले भित्र अहिले सुहाङ नेम्वाङ, सुनिता ढंगोल, क्षितिज थेबे, प्रकाश पौडेललगायत युवाको पनि केन्द्रीय सदस्यमा चर्चा र दाबी छ ।

‘देशभरबाट आउनुभएका युवा प्रतिनिधिहरूमा उत्साहसहित केन्द्रीय समितिमा सहभागिताको आवाज उठिरहेको छ । यो पार्टी रुपान्तरण र पुस्तान्तरणका निम्ति महत्वपूर्ण कुरा हो,’ ओझाले भने, ‘दुई अध्यक्षका उम्मेदवारमध्ये जो नेतृत्वमा आए पनि एमाले आउने हो । बाँकी रुपान्तरण सामूहिक निर्णयका आधारमा गर्ने हो र युवाले त्यसरी नै हस्तक्षेप गर्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?