News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री रेखा थापाले किताब र सिनेमा दुवैमा समाजकै कथा हुने भएकाले समानता रहेको बताएकी छन्।
- उनले यसपटक राजनीतिक द्रष्टा मात्र बन्ने र पछिल्लो समय फिल्ममै सक्रिय रहेको बताएकी छन्।
- रेखाले सफलताको परिचय पढाइसँग मात्र जोड्न नहुने र कलाप्रतिको मोहले पढाइको रुची घटेको बताएकी छन्।
काठमाडौं । अभिनेत्री रेखा थापाले किताब र सिनेमा, साहित्य र सिनेमा उस्ताउस्तै रहेको बताएकी छन् । किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार उनले यी दुवै चीजमा समाजकै कथा हुने भएकाले समानता रहेको बताइन् ।
उनले आफूले किताब पढ्ने गरेको बताइन् । नेपालमा दुःखका कथा धेरै रहेको र आफूले पनि तिनै कथालाई देखाइरहेको उनको भनाइ छ । ‘हामीले समाज हाँसिरहेको कथा किताब र फिल्ममा कहिले देखाउन पाउँला,’ उनले प्रश्न गरिन् ।
सहजकर्ता नरेश भट्टराईले अब तपाईं निर्वाचनमा सहभागी हुने सम्भावना कत्तिको छ भनेर सोध्दा उनले यसपटक राजनीतिक द्रष्टा मात्र बन्ने बताएकी छन् । पछिल्लो समय फिल्ममै सक्रिय रहेको उनले बताइन् ।

पढाइमा राम्री भए पनि कलाप्रतिको मोहले पढाइको रुची घट्दै गएको रेखाको अनुभूति थियो । उनले आफ्नो रुचीको क्षेत्रमा दक्षता हासिल गर्दा सफल भइन्छ भन्ने लागेर कलाप्रति बढी सक्रिय भएको उनले बताइन् ।
सफल व्यक्तिको परिचय पढाइसँग जोड्न नहुने उनले बताइन् । ‘के हामीले बुद्धको पढाइ सोध्छौं ? उसको कर्मले समाज र जीवनमा प्रभाव पार्छ । कला साधना भएकाले क्लासको पढाइले मात्र जीवनमा अर्थ राख्दैन’, उनले भनिन् ।
प्रतिक्रिया 4