Listen News
0:00
0:30
२७ मंसिर, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशको सुरु भएको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले रिर्मोटबाट झण्डातोलन गरेर महाधिवेशनको उद्घाटन गरेका हुन् ।
भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा जारी उद्घाटन कार्यक्रममा शुभकामना दिन नेपाली कांग्रेसका कार्यवहाक सभापति पूर्णबहादुर खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लव, नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठ लगायत पुगेका छन् ।
आज सुरु भएको महाधिवेशन तीन दिन सम्म चल्नेछ । बन्दसत्र भने काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4