२८ मंसिर, काभ्रेपलाञ्चोक । काभ्रेको नमोबुद्ध-२ पातलेगाँउमा बसको ठक्करबाट पैदल यात्रुको मृत्युपछि अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक बेदनारायण श्रेष्ठका अनुसार बसको ठक्करबाट ८२ वर्षीय पोतबहादुर कटुवालको मृत्यु भएको थियो ।
कटुवालको मृत्युपछि मृतकका आफन्तहरूले राजमार्ग अवरुद्ध पारेका थिए ।
श्रेष्ठका अनुसार प्रशासन, यतायात व्यवसायी, मृतकका आफन्त र स्थानीय बीचमा जिल्ला प्रहरी कार्यालयमा वार्ता हुने सर्तमा मृतक कटुवालको शव उठाएर राजमार्ग सञ्चालनमा ल्याइएको हो ।
प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
आइतबार बिहान ९ बजेको समयमा बीपी राजमार्गअन्तर्गत धुलिखेल-भकुण्डे खण्डमा काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा प्र -०१-००६ ख ४८०८ नम्बरको अरनिको सुपर एक्प्रेस बसले कटुवाललाई ठक्कर दिएको थियो ।
दुर्घटनापद्धि स्थानीयले तीन घण्टा राजमार्ग अवरुद्ध गरेका थिए ।
प्रतिक्रिया 4