+
+
Shares

विधान संशोधन गर्ने भए अध्यक्ष र महासचिव मात्रै राखेर जाऔं : गोकर्ण विष्ट

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २८ गते १३:२०
फाइल तस्वीर

२८ मंसिर, काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टी विधि अनुसार चल्नुपर्नेमा जोड दिएका छन् ।

आइतबारको केन्द्रीय कमिटी बैठकमा नेता विष्टले हाम्रो क्षमता संख्याले निर्धारण नगर्ने भन्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘यदि विधान संशोधन हुने हो भने अध्यक्ष र महासचिव मात्र राखेर जाऔं । हामी पनि पद बाहेक काम गरौं, पार्टीलाई सामूहिकतामा चलाऔँ न, विधिमा चलाऔं न, यो २ महिनाको कुरा मात्र होइन ।’

उनले अगाडि भने, ‘विचार नमिल्न सक्छ । फरक विचारलाई पनि सम्मान गर्ने हाम्रो संस्कार हो ।’

‘हामीले राखेको कुरामा आग्रह र पूर्वाग्रह राख्नु पर्दैन, विचारलाई बन्देज गरिएको भए जबज पनि स्थापित हुन्न थियो ।’

आजकल यो पार्टीमा के हुँदै छ भन्ने कुरा मिडियामा पहिला आउने र त्यसपछि कमिटीमा आउने उनले बताए ।

उनले भने, ‘चिनीया कम्युनिस्ट पार्टीको ७ सदस्यीय स्थायी कमिटी छ । त्यति ठूलो जनसंख्याको पार्टी हो त्यो । के हाम्रो क्षमता संख्याले निर्धारण गर्ने हो ? होईन कमरेडहरू ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?