२८ मंसिर, विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले १४ प्रतिशत बोनस सेयर वितरण गर्ने भएकाे छ ।
लघुवित्तको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षकाे मुनाफाबाट चुक्ता पूँजीकाे कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेकाे हाे । जसमा १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश छ ।
जीवन विकासले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को मुनाफाबाट पनि शेयरधनीलाई १४ प्रतिशतका दरले नै बोनस सेयर उपलब्ध गराएकाे थियाे ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण गर्ने संस्थाले जनाएकाे छ ।
काेशी, मधेश र बागमती प्रदेशमा साढे तीन लाख सदस्यकाे घरदैलाेमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेकाे जीवन विकासको चुक्ता पूँजी १ अर्ब ५३ करोड ६१ लाख ७१ हजार ५४६ रुपैयाँ छ ।
१४ प्रतिशतका दरले हुने २१ करोड ५० लाख ६४ हजार ५४ रुपैयाँ बराबरको बोनस सेयर वितरणपश्चात् संस्थाको चुक्ता पूँजी १ अर्ब ७५ करोड १२ लाख ३५ हजार ६०० रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया 4