News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले ११औँ राष्ट्रिय महाधिवेशनमा मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ।
- एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले एक जना मतदातालाई मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट लाग्ने जानकारी दिए।
- महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि सहभागी छन् र नयाँ नेतृत्वका लागि पुस १ गते अपरान्ह १२ बजेदेखि बेलुका ६ बजेसम्म मतदान हुने तय भएको छ।
२९ मंसिर, काठमाडौं । नेकपा एमालेले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।
महाधिवेशनमा १०० वटा मेसिन ल्याइएपनि ८० वटा मेसिन मतदानका लागि प्रयोग गरिने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिए ।
उहाँकाअनुसार एक जना मतदातालाई मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट लाग्ने छ । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि सहभागी छन् ।
रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले १० वटा नमूना अभ्यास र १० वटा अतिरिक्त मेसिन राखिएको बताए ।
एमाले पार्टीको नयाँ नेतृत्वका लागि भोलि पुस १ गते अपरान्ह १२ बजेदेखि बेलुका ६ बजेसम्म मतदानको समय तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4