News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिल थापाले नेपाली कांग्रेसको सक्रिय राजनीति गर्न पदबाट राजीनामा दिएका छन्।
- थापाले भने, 'पार्टीको महाधिवेशन आएको छ, चुनावको मिति घोषणा भएको छ, सक्रिय राजनीतिमा गर्न पदबाट राजीनामा दिएको हुँ।'
- कांग्रेसले २६ देखि २८ पुससम्म १५ औं महाधिवेशन गर्ने र प्रतिनिधि सभाको चुनाव फागुन २१ गते हुने सरकारले घोषणा गरेको छ।
१ पुस, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिल थापाले पदबाट राजीनामा दिएका छन् ।
नेपाली कांग्रेसको सक्रिय राजनीति गर्न उद्देश्यले राष्ट्रपतिको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएको थापाले अनलाइनखबरसँग बताए । थापाले भने,‘पार्टीको महाधिवेशन आएको छ । चुनावको मिति घोषणा भएको छ । सक्रिय राजनीतिमा गर्न पदबाट राजीनामा दिएको हुँ ।’
कांग्रेसले यही पुसको २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशनको मिति तय गरेको छ । सरकारले प्रतिनिधि सभाको मिति फागुन २१ गते हुने गरी मिति घोषणा गरेको छ ।
राष्ट्रिय सभाको निर्वाचनमा ११ माघका लागि तोकिएको छ । थापाको नाम राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि धनकुटाबाट सिफारिस गरिएको छ ।
कांग्रेसका पूर्व सहमहामन्त्री समेत रहेको थापालाई राष्ट्रपति पौडेलले २०७९ चैतमा राजनीतिक विज्ञ पदमा नियुक्त गरेका थिए ।
हेर्नुहोस् थापाको राजीनामा पत्र :

प्रतिक्रिया 4