+
+
Shares

‘कमेडी च्याम्पियन’ साझेदारबीचको विवाद टुंगियो, १४ मुद्दामा मिलापत्र

भट्टराई कम्पनीबाट बाहिरिए

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते १२:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कमेडी च्याम्पियनका लगानी साझेदारबीचको १४ मुद्दामा मिलापत्र भएपछि हरिप्रसाद भट्टराई कम्पनीबाट बाहिरिएका छन्।
  • भट्टराईले लगानीभन्दा बढी ९० लाख रुपैयाँ क्यापिटल गेन ट्याक्सको रूपमा तिर्न सहमति भएका छन्।
  • कम्पनीले बैशाखदेखि कमेडी च्याम्पियनको चौथो सिजन सुरु गर्ने र फिल्म तथा सिटकम सिरियल निर्माण गर्ने योजना बनाएको छ।

काठमाडौं । टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’ का लगानी साझेदारबीचको विवाद मिलापत्रमा टुंगिएको छ । सहमतिअनुसार, निर्माण कम्पनी ‘थ्री प्रोडक्सन’ बाट एकजना साझेदार हरिप्रसाद भट्टराई बाहिरिएका छन् ।

उनी बाहिरिएसँगै कम्पनीमा अन्य तीनजना साझेदार विशाल भण्डारी, सगुन पाण्डे र हिरण बस्नेत छन् । उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालत र कम्पनी रजिस्टारको कार्यालयमा विभिन्न समयमा दर्ता भएका १४ मुद्दामा मिलापत्र भएको हो ।

भण्डारीले अनलाइनखबरलाई दिएको जानकारीअनुसार, भट्टराईले लगानी गरेभन्दा बढी लगेको भनिएको ९० लाख रकमको क्यापिटल गेन ट्याक्स ९ लाख रुपैयाँ  कम्पनी रजिस्टारको कार्यालयमा तिरेका छन् ।

‘कुनै लेनदेन नगरिकन, उहाँले बढी लगेको रकमको क्यापिटल गेन ट्याक्स तिर्नुभएको छ’ उनले भने । भट्टराईले डेढ करोड लगानीमा २ करोड ४० लाख रुपैयाँ लगेको भण्डारीले बताए ।

झण्डै एकवर्षदेखि साझेदारबीचको विवाद चर्किएको थियो । सहमति भएपछि भण्डारीले अनलाइनखबरसँगको कुराकानीमा उत्साह व्यक्त गरे ।

उनले भने, ‘यो झमेलाले गर्दा धेरै कामहरू गर्न पाइएको थिएन । अब पूर्ण समय दिएर नयाँ ऊर्जासहित काम गर्न लागिपर्छौं । रोकिएका कामहरू पनि अब अघि बढ्छन् । कम्पनीको सम्पूर्ण कानुनी अड्चन फुकायर अब फेरि पहिलो सिजन गर्दाकै अवस्थामा आएका छौं ।’

उनले बैशाखदेखि ‘कमेडी च्याम्पियन’ को चौंथो सिजन सुरु हुने बताए । फिल्म निर्माणदेखि सिटकम सिरियल बनाउने कार्य पनि अघि बढ्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?