+
+
Shares

एमालेका धर्मलाल गिरीको पनि उम्मेदवारी खारेज

एमालेको केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएकामध्ये पासाङ शेर्पा र धर्मलाल गिरीको उम्मेदवारी खारेज भएको जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते १६:१८
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका धर्मलाल गिरीको उम्मेदवारी खारेज भएको छ।
  • पासाङ शेर्पाको उम्मेदवारी पनि खारेज भइसकेको छ र कुल दुई उम्मेदवारी खारेज भएका छन्।
  • एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन्।

१ पुस, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका धर्मलाल गिरीको पनि उम्मेदवारी खारेज भएको छ ।

यससँगै उम्मेदवारी खारेज हुनेको संख्या दुई पुगेको छ । यसअघि पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको थियो ।

एमालेको केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएकामध्ये शेर्पा र गिरीको उम्मेदवारी खारेज भएको जानकारी दिए ।

उनका अनुसार ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् ।

यस्तै एक उपमहासचिवसहित १४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उपमहासचिव पदमा उम्मेदवारी दिएका राजेन्द्र गौतमले उम्मेदवारी फिर्ता लिएका हुन् ।

भृकुटीमण्डपमा जारी महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्ने तयारी भइरहेको छ । निर्वाचनमा दुई हजार २६३ जना प्रतिनिधि चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?