+
+

धर्म प्रचारका लागि अमेरिका पठाउँछु भन्दै ठग्ने ‘स्वामी’ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ९ गते १९:२१

९ भदौ, काठमाडौं । स्वामी भन्दै ठगी गरेको आरोपमा प्रहरीले विजय भण्डारीलाई पक्राउ गरेको छ ।

Bijaya-bhandariगुल्मी घर भइ सितापाइला बस्ने भण्डारीले आफूलाई स्वामी विष्णु प्रपन्नाचार्य भन्दै विभिन्न स्थानमा धार्मिर्क कार्यक्रम गर्दै आएका थिए ।

उनले सर्वसाधारणहरुलाई हिन्दु धर्मको प्रचार प्रसारको लागी अमेरिका पठाई दिन्छु भनि मानव कल्याण आध्यात्मिक परोपकार संघ नेपालको नाममा रकम उठाई ठगी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

भदौ ७ गते एयरपोर्टबाट पक्राउ परेका उनलाई काठमाण्डौ जिल्ला अदालतबाट म्याद थप गरी परिसरसमा राखिएको छ । उनविरुद्ध १७ लाख १५ हजार विगो वरावरको ठगीमा जाहेरी दरखास्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?