+
+
Shares

बैंक कर्मचारी कुटिएको घटनाप्रति राष्ट्र बैंकको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते १३:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले ज्योति विकास बैंकका कर्मचारीलाई ऋणीले कुटपिट गरेको घटनामा आपत्ति जनाएको छ।
  • राष्ट्र बैंकले ऋणीले कर्जा भुक्तानी नियमित गर्नुपर्ने र पुनर्संरचना गर्ने व्यवस्था रहेको स्पष्ट पारेको छ।
  • बैंक तथा वित्तीय संस्थामा गैरजिम्मेवार व्यवहार गर्नेलाई कानुनबमोजिम कारबाही हुने राष्ट्र बैंकले बताएको छ।

२ पुस, काठमाडौं । ज्योति विकास बैंकका कर्मचारीलाई ऋणीले कुटपिट गरेको विषयमा नियामक नेपाल राष्ट्र बैंकले आपत्ति जनाएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था लक्षित घटनाहरूका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

नेपाल सरकार, राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थासमेतको संयुक्त प्रयासअनुरूप सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति पुगेको हो । बैंक तथा वित्तीय संस्थाको उपस्थितिले स्थानीयस्तरमा नै सर्वसाधारणसँग रहेको रकम निक्षेप राख्न, कर्जा लिन, विप्रेषण तथा सामाजिक सुरक्षा रकमलगायतका वित्तीय सेवा प्राप्त गर्न सहज भएको केन्द्रीय बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र यस बैंकको निर्देशनको अधीनमा रही कर्जा प्रवाह गर्नु, प्रवाह गरेको कर्जा सम्बन्धी परियोजनाहरूको अनुगमन गर्नु र कर्जा असुलउपर गर्नु सम्बन्धित बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्य हो ।

बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणबाट निक्षेप सङ्कलन गरी कर्जा प्रवाह गर्ने भएकोले कर्जा फिर्ता नभएमा निक्षेप फिर्ता गर्न नसक्ने, तरलतामा प्रभाव पर्ने केन्द्रीय बैंकले जनाएको छ । त्यसकारण ऋणीले लिएको कर्जा भुक्तानी नियमित रूपमा गर्नुपर्ने बैंकले स्पष्ट पारेको छ । प्रतिकूल परिस्थितिका कारण ऋण भुक्तानीमा परेको असहजतालाई सम्बोधन गर्न नेपाल राष्ट्र बैंकले समय–समयमा पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्नसक्ने लगायतका व्यवस्था गरी सहजीकरण गर्दै आएको छ ।

बैंकिङ कारोबार सम्बन्धमा कुनै गुनासो भएमा सम्बन्धित संस्था र राष्ट्र बैंकमा गुनासो सुनुवाइको व्यवस्था रहेकोले ग्राहकलाई मर्का परेको महसुस भएमा सोको गुनासो गर्न सक्ने र समाधानका लागि पहल गरिने राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारी विरुद्ध भएका गैरव्यावसायिक तथा उच्छृङ्खल गतिविधि नियन्त्रण नभएमा वित्तीय साधन परिचालनमा कठिनाइ हुने भएकोले त्यस्ता गलत क्रियाकलापमा संलग्न नहुन समेत केन्द्रीय बैंकले सचेत गराएको छ ।

साथै, बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीसँग गैरजिम्मेवार व्यवहार गर्ने तथा उच्छृङ्खल गतिविधिमा संलग्न व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही हुने भएकाले वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीलाई मनोबल उच्च राखी आफ्नो काम गर्न केन्द्रीय बैंकले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?