+
+
Shares

स्टिवन स्पिलबर्ग निर्देशित ‘डिस्क्लोजर डे’ को ट्रेलर : हामी ब्रम्हाण्डमा एक्ला छौं ?

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते १४:००
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युनिभर्सल पिक्चर्सले स्विटन स्पिलबर्गको आगामी फिल्म ‘डिस्क्लोजर डे’ को पहिलो ट्रेलर सार्वजनिक गरेको छ।
  • फिल्ममा एमिली ब्लन्ट, जोश ओ’कनर, कोलिन फर्थ लगायत कलाकारले अभिनय गरेका छन्।
  • ‘डिस्क्लोजर डे’ जुन १२ मा थिएटरमा रिलिज हुनेछ र यो स्पिलबर्गको ३७ औं निर्देशन फिल्म हो।

लस एन्जलस । युनिभर्सल पिक्चर्सले स्टिवन स्पिलबर्गको आगामी फिल्म ‘डिस्क्लोजर डे’ को पहिलो ट्रेलर सार्वजनिक गरेको छ ।

फिल्ममा एमिली ब्लन्ट, जोश ओ’कनर, कोलिन फर्थ, इभ ह्युसन, कोलम्यान डोमिंगो, व्याट रसेल र हेनरी लोयड-ह्युजेसले अभिनय गरेका छन् ।

स्पिलबर्गले पटकथा लेखक डेभिड कोएपसँग मिलेर विज्ञान कथाको विकास गरेका थिए । यसअघि यी दुईबीच “जुरासिक पार्क,” “जुरासिक पार्क : द लस्ट वर्ल्ड,” “वार अफ द वर्ल्ड” र “इन्डियाना जोन्स एन्ड द किंगडम अफ द क्रिस्टल स्कल” मा लेखकको रुपमा सहकार्य भएको थियो ।

लगलाइन यस्तो छ : “यदि तपाईंले थाहा पाउनुभयो कि हामी एक्लै छैनौं, यदि कसैले तपाईंलाई देखेर प्रमाणित गर भन्यो भने, के त्यसले तपाईंलाई डराउँछ ? आउने गर्मीमा, यो सत्य सात अर्ब मानिसहरूको हुनेछ । हामी ‘डिस्क्लोजर डे’ को नजिक आइरहेका छौं ।’

ट्रेलरमा ब्लन्टले एक मौसमविद्को भूमिका निर्वाह गरेको देखाइएको छ जसलाई प्रत्यक्ष प्रसारणमा मौसम रिपोर्ट दिँदै गर्दा अचानक एक रहस्यमय, अलौकिक शक्तिले समात्छ ।

ओ’कनर एक यस्तो मानिसको भूमिकामा छन् जो एलियन जीवनको वास्तविकता संसारसामु सुनाउन चाहन्छन् । ट्रेलरको बाँकी भागमा बालीको बीचमा देखिएको वृत्ताकार, कारको पीछा, डरलाग्दा जनावर र पृथ्वीमा मानिस बाहिर जीवन छ भन्ने संकेतले भरिएको छ ।

“डिस्क्लोजर डे’ सन् १९६४ मा आफ्नो (आंशिक रूपमा हराएको) डेब्यूपछि स्पिलबर्गले निर्देशन गरेको ३७ औं फिल्म हो । संयोगवश, त्यो प्रारम्भिक फिचर, “फायरलाइट’ पनि एक विज्ञान कथाको फिल्म थियो ।

धेरै फिल्ममा काम गरिसकेपछि स्पिलवर्ग मुख्य विधामा फर्किएका छन् । यसबीच उनले ‘जुरासिक पार्क’ फिल्महरू “वार अफ द वल्ड्र्स्’ सहित “क्लोज एन्काउन्टर अफ द थर्ड काइन्ड’, “ई.टी. द एक्स्ट्रा–टेरेस्ट्रियल’, “माइनोरिटी रिपोर्ट’, “ए.आई. आर्टिफिसियल इन्टेलिजेन्स’ र “रेडी प्लेयर वान’ मा काम गरे ।

युनिभर्सलले जुन १२ मा थिएटरमा “डिस्क्लोजर डे’ रिलिज गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?