+
+
Shares

बंगलादेशी उच्चायुक्तलाई बोलाएर भारतले राख्यो सुरक्षा चासो

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते १८:५८
बंग्लादेशको अन्तरिम सरकारका प्रधामन्त्री मोहम्मद युनुस ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतले दिल्लीमा रहेका बंगलादेशी उच्चायुक्तलाई बोलाएर बंगलादेशको बिग्रँदै गएको सुरक्षा अवस्थाबारे आफ्नो गम्भीर चिन्ता व्यक्त गरेको छ।
  • विदेश मन्त्रालयले चरमपन्थी तत्वका गतिविधि र भारतीय मिसनमा व्यवधान खडा गर्ने घोषणाप्रति उच्चायुक्तको ध्यानाकर्षण गराएको छ।
  • भारतले बंगलादेशमा भएका घटनामा झुटो कथालाई खारेज गरेको र अन्तरिम सरकारले गहन जाँच नगरेको विज्ञप्तिमा उल्लेख छ।

२ पुस, काठमाडौं । भारतले दिल्लीमा रहेका बंगलादेशी उच्चायुक्तलाई डाकेर आफ्नो सुरक्षा चासोबारे अवगत गराएको छ ।

भारतीय विदेश मन्त्रालयका अनुसार बंगलादेशी उच्चायुक्त एचई रियाज हामिदुल्लाहलाई बोलाएर आफ्नो हित र चासो राखेको हो ।

विदेश मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘भारतमा रहेका बंगलादेशका उच्चायुक्त एचई रियाज हामिदुल्लाहलाई विदेश मन्त्रालयले बोलायो, यस दौरान बंगलादेशमा बिग्रिँदै गएको सुरक्षा अवस्थाबारे भारतको गम्भीर चिन्ताबारे अवगत गराइयो ।’

विशेषगरी बंगलादेशमा बढ्दै गएको केही चरमपन्थी तत्वका गतिविधि र ढाकामा भारतीय मिसनमा व्यवधान खडा गर्ने घोषणाप्रति उच्चायुक्तको ध्यानाकर्षण गराइएको विदेश मन्त्रालयले भनेको छ ।

‘भारतले बंगलादेशमा हालैका केही घटनालाई लिएर चरमपन्थी तत्वका तर्फबाट बुनिएको झुटो कथालाई पूर्ण खारेज गरेको छ, अन्तरिम सरकारले ती घटनामा न गहन जाँच गरे न त भारतसँग कुनै ठोस प्रमाण नै साझा गरे, यो दुर्भाग्यपूर्ण छ,’ विज्ञप्तिमा छ ।

एकदिनअघि बंगलादेशको नेशनल सिटिजन पार्टी (एनसीपी) का दक्षिण प्रमुख हसनत अब्दुल्लाहले बंगलादेशलाई अस्थिर बनाए भारतका उत्तर–पूर्वी राज्यलाई अलगथलग पार्ने चेतावनी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?