+
+
Shares

नेसनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १०:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेसनल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको १२.५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।
  • लाभांशमा ४ प्रतिशत बोनस सेयर र ८.५ प्रतिशत नगद लाभांश समावेश गरिएको छ।
  • कम्पनीले २१ करोड ८९ लाख रुपैयाँ बराबर लाभांश प्रस्ताव बीमा प्राधिकरण र साधारणसभामा लगिने जनाएको छ।

३ पुस, काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको १२.५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा ४ प्रतिशत बोनस सेयर र ८.५ प्रतिशत नगद लाभांश रहेको छ ।

२१ करोड ८९ लाख रुपैयाँ बराबर लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ । नियामक बीमा प्राधिकरण र आगामी साधारणसभामा सो प्रस्ताव लगिने र प्रस्ताव स्वीकृत भएपछि वितरण हुने कम्पनीले जनाएको छ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६१५ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?