+
+
Shares

यी हुन् एमालेका नयाँ उपाध्यक्ष : गुरु बराल पराजित हुँदा रघुजी पन्त निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १३:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको उपाध्यक्ष पदको मतपरिणाम अनुसार पृथ्वीसुब्बा गुरुङ १७३७ मत ल्याएर निर्वाचित भएका छन्।
  • विष्णुप्रसाद पौडेल १६७५, रामबहादुर थापा \'बादल\' १५१६, गोकर्णराज विष्ट १३६८ र रघुजी पन्त १२५८ मतसहित उपाध्यक्षमा निर्वाचित भएका छन्।
  • एमालेले विधान संशोधन गरेर यसपटक ५ उपाध्यक्ष पद कायम गरेको छ र गुरु बराल ११३७ मतसहित पराजित भएका छन्।

३ पुस, काठमाडौं । नेकपा एमालेको उपाध्यक्ष पदको मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार उपाध्यक्षमा सबैभन्दा धेरै मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् । उनले १७३७ मत प्राप्त गरेका छन् ।

उनीपछि विष्णुप्रसाद पौडेलले १६७५ मत प्राप्त गरेका छन् । त्यस्तै रामबहादुर थापा ‘बादल’ले १५१६ मत ल्याउँदा, गोकर्णराज विष्टले १३६८ मत प्राप्त गरे । अहिलेका उपाध्यक्ष समेत रहेका गुरु बराल भने पराजित भएका छन् । उनी पराजित हुँदा रघुजी पन्त भने निर्वाचित भएका छन् । बरालले ११३७ मत ल्याउँदा पन्तले १२५८ मत ल्याएका छन् ।

एमालेमा यसपटक विधान संशोधन गरेर ५ जना उपाध्यक्ष कायम गरिएको छ ।

उपाध्यक्ष पदमा निर्वाचित उम्मेदवार

पृथ्वीसुब्बा गुरुङ – १७३७
विष्णुप्रसाद पौडेल – १६७५
रामबहादुर थापा बादल – १५१६
गोकर्णराज विष्ट – १३६८
रघुजी पन्त – १२५८

पराजित उम्मेदवारहरू
गुरुप्रसाद बराल – ११३७
बिन्दा पाण्डे – ९२१
परशुराममेघी गुरुङ – ४६१
अरुण नेपाल – ४३९
टंकप्रसाद कार्की – ३५८
भीमप्रसाद आचार्य – २६५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?