+
+
Shares

युट्युबलाई अस्कर अवार्डको विश्वब्यापी प्रत्यक्ष प्रसारण अधिकार

सन् २०२९ मा आयोजना हुने १०१ औं अस्कर अवार्डलाई दर्शकले युट्युबमा प्रत्यक्ष हेर्न पाउनेछन् । सन् २०३३ सम्मको ग्लोबल राइट युट्युबले लिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १३:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एण्ड साइन्सेज र युट्युबबीच सन् २०२९ देखि २०३३ सम्म अस्कर अवार्डको प्रत्यक्ष प्रसारण अधिकार सम्झौता भएको छ।
  • यस सम्झौताले युट्युबलाई अस्कर अवार्ड निःशुल्क लाइभस्ट्रिम गर्ने र विभिन्न भाषामा क्याप्सन र अडियो ट्रयाक उपलब्ध गराउने अधिकार दिएको छ।
  • एबीसीले सन् २०२६, २०२७ र २०२८ को अस्कर संस्करण टेलिभिजनमा प्रसारण गर्नेछ र सन् १९७६ देखि अस्कर टेलिभिजनमा प्रसारण गर्दै आएको छ।

लस एन्जलस । एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एण्ड साइन्सेज र युट्युबबीच एक बहुवर्षीय सम्झौतामा हस्ताक्षर भएको छ । यो सहमतिले युट्युबलाई अस्कर अवार्डको प्रत्यक्ष प्रसारणको विश्वब्यापी अधिकार प्रदान गरेको छ ।

सन् २०२९ मा आयोजना हुने १०१ औं अस्कर अवार्डलाई दर्शकले युट्युबमा प्रत्यक्ष हेर्न पाउनेछन् । सन् २०३३ सम्मको ग्लोबल राइट युट्युबले लिएको हो ।

अस्कर अवार्ड वितरण हुन थालेको ५० वर्षमा पहिलोपटक यस्तो निर्णय भएको हो । अहिलेसम्म अस्करको प्रत्यक्ष प्रसारण एबीसी टिभीमा हुँदै आएको थियो ।

युट्युबले ओस्कर अवार्ड समारोह निःशुल्क लाइभस्ट्रिम गर्न उपलब्ध हुने पुष्टि गरेको छ, जबकि यसले “विश्वव्यापी दर्शकको लागि कार्यक्रम पहुँचयोग्य बनाउन’ धेरै भाषामा क्याप्सन र अडियो ट्रयाक पनि प्रदान गर्नेछ ।

युट्युबले अन्य एकेडेमीका कार्यक्रम स्ट्रिम गर्ने अधिकार पनि सुरक्षित गरेको छ, जसमा गभर्नर अवार्ड र अस्कर मनोनित लन्च समावेश छन् । यी दुई कार्यक्रमहरू सामान्यतया क्यामेरा बाहिर हुने गर्छन् ।

साइन्सेजका सीईओ बिल क्रेमर र अध्यक्ष लिनेट हावेल टेलरले विज्ञप्तिमा भने, ‘युट्युबसँगको साझेदारीले एकेडेमी अवाड्र्स ( जसलाई अस्कर भनेर चिनिन्छ) लाई ‘सकेसम्म विश्वव्यापी दर्शकसम्म पुग्न अनुमति दिनेछ ।’

“यो सहकार्यले युट्युबको विशाल पहुँचलाई बढावा दिनेछ र हाम्रो विरासतलाई सम्मान गर्दै अस्कर र अन्य एकेडेमीका कार्यक्रममा संलग्नताको लागि नवीन अवसर प्रदान गर्नेछ’ विज्ञप्तिमा भनिएको छ ।

“हामी सिनेमाको उत्सव मनाउन, फिल्म निर्माताको नयाँ पुस्तालाई प्रेरित गर्न र अभूतपूर्व विश्वव्यापी स्तरमा हाम्रो फिल्म इतिहासमा पहुँच प्रदान गर्न सक्षम हुनेछौं’ उनीहरूले भनेका छन् ।

यस कदमको घोषणा गर्दै, युट्युबका सीईओ नील मोहनले अस्करलाई विश्वको लागि ‘आवश्यक सांस्कृतिक संस्था’ मध्ये एकको रूपमा चर्चा गरेका छन् ।

एबीसीले अझै पनि सन् २०२६ र २०२७ को अस्कर संस्करणको साथै सन् २०२८ मा १०० औं वार्षिकोत्सव समारोह आयोजना गर्ने तयारी गरिरहेको छ ।

वाल्ट डिज्नीको स्वामित्वमा रहेको एबीसी प्रसारण नेटवर्कले सन् १९७६ देखि हरेक वर्ष अस्करको टेलिभिजन प्रसारण गर्दै आएको छ । हालैका वर्षमा फिल्म उद्योगको सबैभन्दा प्रतिष्ठित मानिने यस समारोहको मूल्याङ्कन घटेको छ किनकि दर्शक अनलाइन स्ट्रिमिङ प्लेटफर्महरूमा सरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?