News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका नवनिर्वाचित सचिव महेश बस्नेतले पार्टी नयाँ म्यान्डेटका साथ आएको बताएका छन्।
- बस्नेतले एमाले अब स्थिर सरकार बनाउने बाटोमा केन्द्रित हुने बताए।
- उनले संसद् पुनर्स्थापना नै एमालेको एजेन्डा भएको र सर्वपक्षीय सरकार गठनपछि निर्वाचनमा सहभागी हुने बताए।
३पुस, काठमाडौँ । नेकपा एमालेका नवनिर्वाचित सचिव महेश बस्नेतले पार्टी नयाँ म्यान्डेटका साथ आएको बताएका छन् । आज सचिव पदमा निर्वाचित भएलगत्तै सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै बस्नेतले एमाले अब स्थिर सरकार बनाउने बाटोमा केन्द्रित हुने बताए ।
फागुन २१ का लागि सरकारले तय गरेको निर्वाचन एमालेको प्राथिमकतामा नरहेको पनि उनको भनाइ छ ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गरेको भन्दै उनले आपत्ति जनाए । बस्नेतले संसद् पुनर्स्थापना नै एमालेको एजेन्डा भएको पनि बताए ।
संसद् पुनर्स्थापना भएपछि सर्वपक्षीय सरकार गठन हुने र उक्त सरकारले घोषणा गरेको निर्वाचनमा एमाले सहभागी हुने पनि बस्नेतको भनाइ छ ।
प्रतिक्रिया 4