३ पुस, काठमाडौं । रुकुमपूर्वकाे भूमे गाउँपालिका–९ भेरीडाँडामा ट्याक्टर दुर्घटना भएको छ।
प्रहरीका अनुसार बिहीबार दिउँसो रा १ त ४७१८ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।
ट्राली जोड्ने क्रममा अचानक ब्रेक नलागेपछि सन्तुलन गुमेर ट्याक्टर करिब ६० मिटर तल खसेको थियो ।
ट्याक्टर चालक सल्यानको शारदा नगरपालिका–१४ का ३१ वर्षीय अर्जुन भण्डारी भने सकुशल छन् ।
जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी लालबहादुर विकका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4