+
+
Shares

विष्णु रिमालले भने– महाधिवेशन परिणाम स्वाभाविक  

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते ११:०४

काठमाडौं । एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा उपमहासचिव पदको प्रतिस्पर्धामा पराजित भएका विष्णु रिमालले परिणामलाई लोकतान्त्रिक प्रतिस्पर्धाको स्वाभाविक अभ्यासका रूपमा लिएको जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले महाधिवेशन गरिमा, उत्साह र सामूहिक उपलब्धिको अनुभूतिसहित सम्पन्न भएको उल्लेख गरेका छन् । केन्द्रीय समितिको नयाँ नेतृत्व चयनका क्रममा स्वस्थ र कमरेड्ली प्रतिस्पर्धा देखिएको र पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तावित टिम प्राय: सर्वसम्मत रूपमा अनुमोदित भएको उनले बताएका छन् ।

‘एक जना उपमहासचिव म स्वयं र एक जना उपाध्यक्ष बाहेक सबै निर्वाचित हुनुभयो,’ रिमालले लेखेका छन् । यस्तो परिणाम न त अस्वाभाविक भएको र न त चिन्ताको विषय रहेको उनको भनाइ छ ।

उनले जनताको बहुदलीय लोकतन्त्रको मूल भावनाअनुसार प्रतिस्पर्धालाई आत्मसात गर्दै परिणामलाई आत्मविश्वास, संयम र प्रतिबद्धताका साथ स्वीकार गरिएको उल्लेख गरेका छन् ।

पार्टीभित्र औपचारिक जिम्मेवारी परिवर्तन भए पनि साझा संकल्प र कमरेड्ली भावना यथावत् रहेको जनाउँदै रिमालले आगामी दिनमा पनि पार्टीको एउटै मार्गमा सँगसँगै अघि बढ्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?