+
+
Shares

कांग्रेस निर्वाचनमा जान आतुर छ: शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते १२:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका छन्।
  • कोइरालाले पार्टी पङ्तीलाई निर्वाचनका लागि जुट्न निर्देशन दिएका छन्।
  • उनले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको र केही नेतालाई काठमाडौँ बाहिर जान नदिएको बताएका छन्।

४ पुस, काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र मोरङ-६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका-४ का स्थानिय नेतासँगको भेटघाट कार्यक्रममा कोइरालाले निर्वाचनका लागि जुट्न पनि पार्टी पङ्तीलाई निर्देशन दिए ।

उनले प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको बताए ।

‘संविधान बचाउने र मुलुकलाई सक्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो,’ कोइरालाले भने , ‘हामी त निर्वाचनको मिति कुरेर बसेका छौं तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशंका समेत जन्मिएको छ ।’

सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उनको भनाइ थियो । ‘दलका केही नेतालाई काठमाडौँ बाहिर जान दिइएको छैन, लुटिएका हतियार बाहिर छन्, कैदीहरू बाहिर छन् यसबारेमा सरकारले के सोचेको छ ? कोइरालाले प्रश्न गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?