+
+
Shares

विदेश पठाउने नाममा ठगी गरेको आरोपमा ३ जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्  ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते १२:५७

४ पुस, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्  ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ बस्ने कपिलवस्तु शिवराज नगरपालिका–५ घर भएका ५४ वर्षीय पबित्र प्रकाश अधिकारी, काठमाडौं महानगरपालिका–३२ बस्ने भोजपुर षडानन्द नगरपालिका–१२ घर भएकी ३३ वर्षीया बबिता विश्वकर्मा र काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ बस्ने भक्तपुर चाँगुनारायण नगरपालिका–९ घर भएका २५ वर्षीय साइरज सुबेदी छन् ।

पक्राउ मध्ये पबित्रले अल्बानिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट १९ लाख रूपैयाँ, बबिताले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १९ लाख रूपैयाँ र साइरजले अमेरिका पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ११ लाख १४ हजार ५ सय रूपैयाँ लिई ठगी गरेको आरोप छ ।

पीडितले उजुरी दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पबित्र र बबितालाई काठमाडौं महानगरपालिका–३२ बाट तथा साइरजलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?