+
+
Shares

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते १६:३३
Listen News
0:00
0:30
🔊

४ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन् ।

शनिबार बिहान ९ बजे बैठक बस्ने गरी देउवा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ,  महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई  बोलाएका हुन् ।  महाधिवेशनको कार्यतालिका, विधान मस्यौदा समितिलगायतका विषयमा छलफल गर्न बैठक डाकेको जानकारी गराइएको छ ।

कांग्रेसले यही पुसको २६ देखि २८ सम्म महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको छ । कार्यतालिका व्यवहारिक नभएको भन्दै नेताहरूले कार्यान्वयन नहुने चिन्ता व्यक्त गरेका छन् । पुस १६ वडा अधिवशेन गरेर २६ गते केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका बनाइएको छ ।

निर्वाचन र क्रियाशील सदस्यता छानबिन समिति गठन भए पनि हालसम्म विधान मस्यौदा समिति बन्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?