+
+
Shares

नागरिक उड्डयन प्राधिकरण निमित्त महानिर्देशकमा कर्ण

पर्यटनमन्त्री अनिलकुमार सिन्हाले प्राधिकरणका उपमहानिर्देशक कर्णलाई निमित्त महानिर्देशकको भूमिका दिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते १७:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा देवचन्द्रलाल कर्ण नियुक्त भएका छन्।
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले कर्णलाई निमित्त महानिर्देशकको भूमिका दिएका छन्।
  • महानिर्देशक प्रदीप अधिकारीमाथि अख्तियारले मुद्दा दायर गरेपछि प्राधिकरण नेतृत्वविहीन थियो।

४ पुस, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा देवचन्द्रलाल कर्ण नियुक्त भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले प्राधिकरणका उपमहानिर्देशक कर्णलाई निमित्त महानिर्देशकको भूमिका दिएका हुन् ।

यसअघि प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रालयका सहसचिव मुकेश डंगोललाई महानिर्देशकको समेत भूमिका दिएकी थिइन् । सिन्हाले मन्त्रालय सम्हालेपछि प्राधिकरणकै उपमहानिर्देशकलाई यस्तो  जिम्मेवारी दिइएको हो ।

शुक्रबारको मन्त्रीस्तरीय निर्णयले कर्णलाई निमित्त महानिर्देशकको जिम्मेवारी प्रदान गरिएको मन्त्रालयले जनाएको छ । कर्णले आजै आफ्नो कार्यभार सम्हालेका छन् ।

महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै प्राधिकरण नेतृत्वविहीन थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?