News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिकाले दृष्टिविहिन महिला विश्वकप क्रिकेटमा उपविजेता नेपाली टोलीलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ।
- महानगरको ४४औं कार्यपालिका बैठकले टोलीका खेलाडीलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको हो।
- गत नोभेम्बरमा पहिलोपटक भएको दृष्टिविहिन महिला विश्वकपको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो।
५ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले दृष्टिविहिन महिला विश्वकप क्रिकेटमा उपविजेता नेपाली टोलीका खेलाडीलाई नगदसहित सम्मान गर्ने भएको छ ।
महानगरको शुक्रबार बसेको ४४औं कार्यपालिका बैठकले टोलीका खेलाडीलाई जनही १ लाख रुपैयाँ तथा अन्य सदस्यलाई ५० हजार रुपैयाँका दरले नगदसहित सम्मान गर्ने निर्णय गरेको हो ।
गत नोभेम्बरमा पहिलोपटक भएको दृष्टिविहिन महिला विश्वकपको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।
प्रतिक्रिया 4