+
+
Shares

मिल्न पर्नेहरू अन्तिममा मिल्छौं, म त्याग गर्न तयार छु : रवि लामिछाने

‘चुनावको विकल्प छैन’

‘मलाई केही पनि चाहिएको छैन । पार्टीमा कुरा गर्नुस्, कसैलाई चुनाव चिन्ह चाहिन्छ, लैजानुस् । झण्डा चाहिन्छ, लैजानुस् । पार्टी अफिस चाहिन्छ, लैजानुस् । सिंगो पार्टी, सभापति उपसभापति चाहिन्छ, लैजानुस् । देश बन्नुपर्‍यो व्यक्तिको कुनै ठूलो कुरो होइन,’ चितवनमा सम्बोधन गर्ने क्रममा उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ५ गते १४:०२
Listen News
0:00
0:30
🔊

५ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू जुनसुकै त्याग गर्न तयार रहेको दाबी गरेका छन् । देश बन्नु ठूलो कुरा भएको भन्दै देश बनाउने कुरामा आफूले जस्तोसुकै त्याग गर्न पनि तयार रहेको उनको भनाइ छ ।

हिजोमात्रै कारागारबाट बाहिरिएका पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले मिल्न पर्नेहरू अन्तिम समयमा मिलेर अघि बढ्ने पनि बताए ।

भैरहवाबाट सिधै चितवन पुगेका लामिछानेले शनिबार चौबिसकोटीमा सभा आयोजना गर्दै सम्बोधन गरेका थिए ।

‘हामी मिलेर जहाँसम्म मिल्ने र सँगै जाने सवाल छ । मैले कारागारबाट पनि भनेको थिएँ । म कारागारमा छु, मैले जे त्याग गर्न पनि तयार छु,’ लामिछानेले भने, ‘मेरो पार्टी बनाउनुस्, पार्टीले जे निर्णय गर्छ त्यही । मलाई केही पनि चाहिएको छैन । पार्टीमा कुरा गर्नुस्, कसैलाई चुनाव चिन्ह चाहिन्छ, लैजानुस् । झण्डा चाहिन्छ, लैजानुस् । पार्टी अफिस चाहिन्छ, लैजानुस् । सिंगो पार्टी, सभापति उपसभापति चाहिन्छ, लैजानुस् । देश बन्नुपर्‍यो व्यक्तिको कुनै ठूलो कुरो होइन ।’

उनले आफ्ना साथीहरू मिल्नपर्नेहरू मिल्नका लागि संवादमै रहेको जानकारी पनि गराए ।

‘मिल्नुपर्नेहरू जो जो हो अन्तिममा हामी मिलेरै छाड्छौं । हाम्रो सबै साथीहरू संवादमा हुनुहुन्छ । मेरो एउटा मात्रै प्रश्न छ, यो मिल्ने भन्ने कुरा टाउको ठोकेर मित लगाएजस्तो होइन,’ लामिछानेले सम्बोधनको क्रममा भने ।

उनले आफू एउटा चुनावका लागि मात्रै राजनीतिमा नआएको दाबी गरे । ‘यो मिल्ने भन्ने कुरो, एउटा चुनावका लागि होइन । म एउटा चुनावका लागि राजनीतिमा आएको होइन । म एउटा पुस्ताका लागि राजनीतिमा आएको हो,’ लामिछानेले भने ।

साथै, उनले सरकारले जसरी पनि चुनाव गराउने बाटोमा काम गर्नुपर्ने पनि बताए ।

‘२४ गते जनआन्दोलन भएको हो । हामी यहीँबाट स्पष्ट गरेर जान्छौं । निर्वाचनमा देश जानुपर्छ । निर्वाचनका लागि जेनजीको रगतबाट चुनिएको यो सरकारले जेनजीको सपना पूरा गर्ने आँट राखोस् । रास्वपा सरकारसँग जेनजीको माग पूरा गराउने र निर्वाचन सम्पन्न गराउने कुरामा खडा हुनेछ रास्वपा,’ लामिछानेले भने, ‘सरकार डराउनुपर्ने केही कुरा छैन । जनताको साथ छ सरकारलाई । जनताको मुद्दा, जेनजीको मागमा विशेषगरी सुशासन कायम गर्ने कुरामा झ्यालबाट ढोकाबाट चिहाउनुपदैन । सिधै अघि बढे हुन्छ । रास्वपा पनि सरकारको साथमा छ ।’

उनले आफू जेनजीहरूकै साथमा रहेको भन्दै चिन्ता नगर्न पनि आग्रह गरे ।

‘देशका संरचना जले हामीलाई दुख छ । त्यो भन्दा धेरै त हाम्रा सपना जलेका छन् । त्यसलाई ब्युँताउन पर्ला नि । सिंहदरबार जले, देशका न्यायालय जले ती सबै बनाउँला । तर वर्षौंदेखि खरानी भएको हाम्रा सपना कसले बनाउँछ ? हामी बनाउँछौं । हामी सबै जेनजीको साथ बोकेर अघि बढ्छौं । जेनजी भाइ हो, रवि दाई पनि साथमा छ, किन चिन्ता गर्छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?