+
+
Shares

हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ५ गते २२:३५
Listen News
0:00
0:30
🔊

५ पुस, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष डा मित्र परियारलाई कारबाही गरेका छन् ।

बुटवलमा आज भएको कार्यक्रममा उपाध्यक्ष परियारले आयोजकप्रति गरेको व्यवहारले उनलाई कारबाही गरिएको साम्पाङले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।

`श्रम संस्कृतिमा कोही सानो कोही ठुलो हुँदैन । आज उपाध्यक्षले बुटवलका आयोजकलाई गरेको अपमान र सहसंयोजकलाई बोलेको अपमानजन्य बोलिका कारण आचारसंहिता उलङ्घन भएकोले नसच्चिएसम्म कार्यवाही गरिएको जानकारी गराउँदछु,´ सम्पाङले सामाजिक सञ्जालमा लेखेका छन् ।

उद्घोषकले सम्बोधनका लागि आग्रह गरे बोल्न पुगेका परियारले आयोजकको व्यवहार ठीक नभएको भन्दै खनिएका थिए ।` कार्यक्रम आयोजकहरूले अलिकति मिस्टेक गर्नुभएको छ,´परियारले भनेका थिए, `ध्यान यता मन यता हुन सक्दैन । म केन्द्रीय उपाध्यक्ष हो । म पनि बोल्न पाउनुपर्छ । ध्यान अन्त मोड्न हुँदैन ।´

यसअघि यो पार्टीका अर्का अध्यक्ष कारबाहीमा परिसकेका छन् ।

विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई कारबाही गरेको थियो । उनी पनि पार्टीका उपाध्यक्ष थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?