+
+
Shares

कानुनमन्त्रीलाई एमाले सांसदको आग्रह : स्वकीय कायम रहने प्रस्ताव लैजानुस्

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ६ गते १२:२१
Listen News
0:00
0:30
🔊

६ पुस, काठमाडौं । नेकपा एमालेकी सांसद (राष्ट्रिय सभा सदस्य) सुमित्रा बिसीले सांसदहरूका स्वकीय सचिवको पद खारेज गर्ने निर्णयमा पुनर्विचार गर्न सरकारलाई आग्रह गरेकी छन् ।

राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेकी हुन ।

बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हा, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुङ्गाना लगायत उपस्थित छन् ।

सांसदका स्वकीय सचिवको पद खारेजको सन्दर्भमा अर्थ मन्त्रालयले कानुन मन्त्रालय र कानुन मन्त्रालयले अर्थ मन्त्रालय देखाउने गरेको उनको भनाइ छ । एकले अर्कोलाई देखाउन छाडेर सांसदका स्वकीय सचिवको पद यथावत रहने निर्णयका लागि उनले आग्रह गरिन् ।

‘विकसित देशको जस्तो नभएता पनि हाम्रो देशले धान्ने र धान्दै आएको कुरा हो । सांसदले पाएको एउटा स्वकीय सचिवको सुविधा कटौती गरेर के भयो ?’ उनले भनिन, ‘एकले अर्को मन्त्रालय देखाउने होइन । हाम्रो सोच अनुसारको फेरि निर्णय गर्न प्रस्ताव मन्त्रीपरिषदमा लैजानुपर्छ ।”

जेनजी आन्दोलनपछि बनेको वर्तमान अंतरिम सरकारले संघीय संसद् र सात वटै प्रदेशका सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरिदिएको छ ।

खर्च कटौती अन्तर्गत सरकारले सांसदहरूले पाउँदै आएको सुविधा खारेज गरेको हो। तर, यो निर्णयप्रति सांसदहरु सुरुदेखि नै असन्तुष्ट छन् ।

संघीय संसद् अन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधिसभा छ। राष्ट्रिय सभा ५९ सदस्यीय छ। प्रतिनिधि सभा २७५ सदस्यीय छ। दुवै सभाको गरेर ३३४ सांसद रहेका छन्। सात वटै प्रदेशमा सांसदहरूको संख्या ५५० छ।

संघ र सातै प्रदेशका सभाका सदस्यहरूको कूल संख्या ८८४ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?