६ पुस, काठमाडौं । नेपाली कांग्रेस रौतहट-१ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ चार जनाको नाम सिफारिस गरिएको छ ।
मधेस कांग्रेसका सभापति एवं मुख्यममन्त्री कृष्णप्रसाद यादवलाई पहिलो नम्बरमा राखेर नाम सिफारिस गरिएको छ । प्रत्यक्षतर्फ सिफारिस हुने थप तीन जनामा रामेश्वर प्रसाद यादव, नितेश कुमार गुप्ता र सन्तु यादव छन् ।
क्षेत्रीय समितिको निर्णयअनुसार समानुपातिकतर्फ बिन्दु साहनी, रामकपाल यादव, शान्ति देवी, भुवन गिरि क्षेत्री, शहनाज खातुन, निरजित सिंह, विवेक रवि र विजय सिंहको नाम सिफारिस गरिएको छ । जनजाति, मधेशी, महिला, मुस्लिम, अल्पसंख्यक तथा खुल्ला क्लष्टर गरी नाम सिफारिस भएको मधेसका प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले जानकारी गराए ।
राष्ट्रिय सभाको उम्मेदवारका लागि चिरञ्जीवी प्रसाद सिंह (अल्पसंख्यक-खुल्ला) र नरेन्द्र पासवान (दलित) लाई सिफारिस गरिएको छ ।
प्रतिक्रिया 4