+
+
Shares

संसद् पुनर्स्थापना भन्दै षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने

‘म सुनिरहेको छु, संसद् पुनर्स्थापनाका लागि दौडधुप गर्न थाले रे । कुन संसद् पुनर्स्थापनाको कुरा गर्न लाग्नुभएको ? कुन संसद् ब्युँझाउन खोज्नुभएको ? जनताका मुद्दा राख्दाराख्दै माइक काट्ने संसद् ब्युँझाउन खोज्नुभएको ?,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ६ गते १६:१४

६ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद् पुनर्स्थापनाका लागि दौडधुप भइरहेको भन्ने सूचना आफूले पाएको भन्दै षड्यन्त्रको आँखा बन्द गर्न आग्रह गरेका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा पुगेका उनले यस्तो बताएका हुन् ।

‘म सुनिरहेको छु, संसद् पुनर्स्थापनाका लागि दौडधुप गर्न थाले रे । कुन संसद् पुनर्स्थापनाको कुरा गर्न लाग्नुभएको ? कुन संसद् ब्युँझाउन खोज्नुभएको ? जनताका मुद्दा राख्दाराख्दै माइक काट्ने संसद् ब्युँझाउन खोज्नुभएको ?,’ उनले प्रश्न गर्दै थप भने, ‘षड्यन्त्रको आँखा बन्द गर्नुहोला । धेरै आँखा नचम्काउनुहोला ।’

उनले भत्किएको सिंहदरबार बनाएर मात्रै नभइ बदल्नुपर्ने अवस्था आएको पनि बताए ।

‘सिंहदरबार बनाएर मात्रै हुँदैन । सिंहदरबार बदल्नु छ । भत्किएका संरचना बनाउने मात्रै होइन बदल्ने पनि छ । जेनजीले गरेको योगदानलाई पूरा गर्नका लागि लाग्नुपर्नेछ,’ लामिछानेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?