+
+
Shares

लेखराज भट्टका भाइ गोकर्ण रास्वपा प्रवेश

नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य रहेका भट्टले १४ कात्तिकमा पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ६ गते १७:१३

६ पुस, काठमाडौं । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टका सहोदर भाई गोकर्ण भट्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य रहेका भट्टले १४ कात्तिकमा पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

त्यसयता एमालेमा निष्क्रिय रहेका उनी आज रास्वपामा प्रवेश गरेका हुन् । भट्ट एमालेका उपमहासभिव लेखराज भट्टका सहोदर भाइ हुन् ।

यसअघि भट्ट माओवादी केन्द्र हुँदै एमालेमा सक्रिय थिए । २०७४ सालमा कैलालीको गोदावरी नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवार थिए, पराजित भए । २०७९ सालमा पनि नगर प्रमुखमै उम्मेदवार भए, चुनाव जित्न सकेनन् ।

रास्वपामा प्रवेश गर्दै गरेको विषय उनले सामाजिक सञ्जालबाट समेत जानकारी दिएका थिए ।

पार्टी प्रवेश कार्यक्रममा नेता/कार्यकर्तालाई निम्ता गर्दै उनले शनिवार सामाजिक सञ्जालमा लेखेका थिए, ‘मेरो ४६ वर्षको राजनैतिक यात्रालाई अझ उचाइमा पुगाउन, गाउँमा बस्ने सोझा निमुखा जनता जो बिभिन्न राजनैतिक दलका नेताहरूका झुटा आश्वासनबाट आजका दिनसम्म ठगिँदै आइपुगेका दाजुभाइ दिदीबहिनीहरूलाई नयाँ नेपाल निर्माण गर्ने महान यात्राको अगुवाइ गर्ने जनताको प्यारो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा विधिवत रूपमा पार्टी प्रवेश गर्ने कार्यक्रम रहेकोले दाजुभाइ दिदीबहिनीहरु तथा शुभेच्छुक सम्पुर्णमा उपस्थितिका लागि सविनय निवेदन गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?