News Summary
Generated by OK AI. Editorially reviewed.- यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको कथानक फिल्म ‘मिरमिरे’ को शीर्ष गीत युट्युबमा सार्वजनिक भएको छ।
- गीतमा प्रकाश सपुत र मेलिना राईको स्वर रहेको छ भने शब्द तथा संगीत प्रकाश सपुतकै छन्।
- फिल्म ‘मिरमिरे’ १ माघदेखि प्रदर्शन तयारीमा छ।
काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको कथानक फिल्म ‘मिरमिरे’ को शीर्ष गीत युट्युबमा सार्वजनिक भएको छ । गीतमा प्रकाश सपुत र मेलिना राईको स्वर छ । शब्द तथा संगीत पनि सपुतकै छ ।
सार्वजनिक गीतमा युवा-युवतीबीचको प्रेम दर्शाइएको छ । विपरित लिंगीप्रतिको सौन्दर्यले मोहित पारेको कथा यसमा छ । युवकको नजरले युवतीमा पारेको प्रभाव र युवतीको सुन्दरताको बयान गीतमा सुन्न सकिन्छ ।
गीतमा कलाकार दयाहाङ राई, प्रकाश सपुत र सिर्जना निङलेखुले अभिनय गरेका छन् । गीतमा त्रिकोणात्मक प्रेम चित्रण गरिएको छ । सिर्जनाको रुपमा मोहित भएका दयाहाङ र प्रकाशलाई देखाएको छ ।
फिल्ममा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता छन् । सह-निर्मातामा गोविन्द बोहरा, सुदीप कुवँर छन् । कार्यकारी निर्मातामा रोहित कट्टेल छन् ।
‘मिरमिरे’ १ माघदेखि प्रदर्शन तयारीमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4