+
+
Shares

प्रधानमन्त्री र प्रमुख तीन दलका नेतृत्वबीच पहिलोपल्ट छलफल हुँदै

प्रधानमन्त्री सुशीला कार्की र विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलका नेतृत्वबीच पहिलोपल्ट छलफल हुने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ८ गते १५:०८

८ पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलका नेतृत्वबीच पहिलोपल्ट छलफल हुने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको रोहबरमा आज (मंगलबार) उनीहरूबीच जेनजी आन्दोलनपछि पहिलोपल्ट सामुहिक छलफल हुन लागेको हो ।

राष्ट्रपति पौडेलले मंगलबार नेपाली कांग्रेस, नेकपा एमाले र नवगठित नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँगको छलफलमा प्रधनमन्त्री कार्कीलाई पनि बोलाएका छन् ।

राष्ट्रपति सचिवालयले दिउँसो ३ बजे कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलमा कार्कीलाई पनि बोलाइएको पुष्टि गरेको छ ।

तर, राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्की तथा पूर्वप्रधानमन्त्रीत्रयसँग हुन लागेको छलफलको एजेन्डाबारे भने केही खुलाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?