८ पुस, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीसँग शीर्ष तीन दलका नेताहरूले गरेको छलफल सकिएको छ ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा मंगलबार दिउँसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो ।
उनीहरूबीच झण्डै साढे २ घण्टा छलफल भएको हो । दिउँसो साढे ३ बजेबाट भएको छलफल भर्खरै सकिएको हो ।
छलफलका विषयहरू सार्वजनिक भएका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4