+
+
Shares

सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाको ४ बुँदे पत्र

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता वितरणका लागि सहजीकरण भन्दै ४ बुँदे परिपत्र गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ८ गते १९:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता वितरणका लागि ४ बुँदे परिपत्र जारी गर्नुभएको छ।
  • परिपत्रमा नयाँ सदस्यता वितरण १५औँ महाधिवेशनको कार्यतालिकाअनुसार र पार्टीको विधान, नियमावली अनुसार गर्नुपर्ने उल्लेख छ।
  • थापाले सबै जिल्लालाई सम्बोधन गर्दै सहज र व्यापक सदस्यता वितरणका लागि मापदण्ड पठाइसकेको जानकारी दिनुभएको छ।

८ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता वितरणका लागि सहजीकरण भन्दै ४ बुँदे परिपत्र जारी गरेका छन् ।

मंगलबार साँझ सबै जिल्लालाई सम्बोधन गरेर ४ बुँदे परिपत्र जारी गरेका हुन् ।

‘नयाँ क्रियाशील सदस्यता १५औँ महाधिवेशनको कार्यतालिकाअनुसार गर्नुपर्ने र नयाँ सदस्यता वितरण नेपाली कांग्रेसको विधान, नियमावली, केन्द्रीय कार्यसमितिको निर्णय र केन्द्रीय परिपत्रअनुसार सहज र व्यापक वितरण गर्ने पार्टीको नीति रहेकाले सोहीअनुसार मापदण्ड समेत पठाइसकेको’ परिपत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?