+
+
Shares

कांग्रेस महाधिवेशन गर्न गगन थापाको नयाँ प्रस्ताव

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशन सम्पन्न गर्ने विषयमा विभिन्न तीन तहको महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते १७:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशन तीन तहमा गर्ने प्रस्ताव पेस गरेका छन्।
  • थापाले वडा, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र केन्द्रीय महाधिवेशन गर्ने विषयमा प्रस्ताव गरेका छन्।
  • उनले क्रियाशील सदस्यता विवाद र बदनियत राखिएको ठाउँमा सर्वाधिकार सम्पन्न प्रतिनिधि फिल्डमै टुंग्याउने प्रस्ताव गरेका छन्।

९ पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशन सम्पन्न गर्ने विषयमा विभिन्न तीन तहको महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका छन् ।

आज बसेको कार्यसम्पादन समितिको बैठकबारे जानकारी दिँदै उनले वडा, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र केन्द्रीय महाधिवेशन गर्ने विषयमा प्रस्ताव गरेको बताएका हुन् ।

थापाले क्रियाशील सदस्यता विवाद र बदनियत राखिएको ठाउँमा सर्वाधिकार सम्पन्न प्रतिनिधि फिल्डमै गएर टुंग्याउने प्रस्ताव गरेका छन् ।

उनको प्रस्तावमा बुधबार छलफल भए पनि कुनै निर्णय भइसकेको छैन । बैठक बिहीबार १ बजे पनि बस्नेछ ।

‘वडाको अधिवेशन, क्षेत्रको अधिवेशन गरेर केन्द्रको गरौँ । सातवटा प्रदेशको निर्वाचन आम निर्वाचनपछि गर्न सकिन्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?