१० पुस, काठमाडौं । भा।तको कर्नाटक राज्यमा पर्ने चित्रदुर्ग जिल्लामा भएको सडक दुर्घटनामा कम्तिमा पनि ११ जनाको मृत्यु भएको छ । अन्य २४ जना घाइते भएका छन् ।
चित्रदुर्गका जिल्ला अधिकारी (डीसी)ले बीबीसी हिन्दीसँग दुर्घटना बुधबार राति करिब २ बजे नेशनल हाइवे ४८ मा भएको बताएका छन् ।
बेङ्गलुरूबाट गोकर्णतर्फ जाँदै गरेको एक बस विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएपछि बसमा आगो लागेको उनले जानकारी दिएका छन् ।
‘दुर्घटनामा परेको बस स्लीपर कोच हो । ३२ यात्रु सवार थिए । अहिलेसम्म हामीले ११ शव पहिचान गरेका छौं । घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरेका छौं’, जिल्लाधिकारीले भनेका छन् ।
घटनास्थलबाट प्राप्त तस्वीरहरूमा दुर्घटना अत्यन्तै गम्भीर देखिएको र बस पूर्णरूपमा क्षतिग्रस्त भएको तथा ट्रकको अगाडिको भाग नराम्ररी क्षतिग्रस्त देखिएको बीबीसीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4