+
+
Shares

अकबरे खुर्सानी र हरियो धनियाँको भाउ बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १० गते ११:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार बिहीबार अकबरे खुर्सानीको भाउ प्रतिकिलो औसत ४१ रुपैयाँले बढेर ३ सय ६६ रुपैयाँ पुगेको छ।
  • हरियो धनियाँको भाउ पनि बिहीबार प्रतिकिलो औसत ३२ रुपैयाँले बढेर ९२ रुपैयाँ कायम भएको छ।

१० पुस, काठमाडौं । बजारमा हरियो अकबरे खुर्सानी र हरियो धनियाँको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार बिहीबार अकबरे खुर्सानी र हरियो धनियाँको भाउ बढेको हो ।

अकबरे खुर्सानीको भाउ प्रतिकिलो थोकमा औसत ४१ रुपैयाँ बढेको छ । हिजो बुधबार प्रतिकिलो थोकमा औसत ३ सय २५ रुपैयाँमा अकबरे खुर्सानी किनबेच भएको थियो । आज प्रतिकिलो भाउ ३ सय ६६ रुपैयाँ कायम छ ।

यस्तै आज हरियो धनियाँको भाउ पनि प्रतिकिलो औसत ३२ रुपैयाँ बढेको छ । हिजो बुधबार प्रतिकिलो ६० रुपैयाँमा किनबेच भएको हरियो धनियाँ आज बिहीबार ९२ रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?