News Summary
Generated by OK AI. Editorially reviewed.- लाओसबाट थाइल्यान्ड हुँदै काठमाडौं आएकी मिस रुसनी कामाको पेटभित्रबाट ५५० ग्राम कोकिन निकालिएको छ।
- उनको साथबाट १२ वटा प्लाष्टिकका कोटेट क्याप्सुलभित्र लुकाएको अवस्थामा कोकिन बरामद गरिएको थियो।
- उनले निलेका २९ वटा कोकिनका क्याप्सुल पेटभित्रबाट डाक्टरको सहयोगमा निकालिएको एसएसपी कृष्ण पंगेनीले बताए।
१० पुस, काठमाडौं लाओसदेखि काठमाडौं आएकी एक महिलाको पेटभित्रबाट प्रहरीले आधा किलो कोकिन निकालेको छ ।
लाओसबाट थाइल्यान्ड हुँदै काठमाडौं आएकी मिस रुसनी कामाको पेछटभित्रबाट ५५० ग्राम कोकिन निकालिएको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका एसएसपी कृष्ण पंगेनीले बताए ।
८ पुसमा आएकी ति महिला सिनामंगलको एक होटलमा बसेकी थिइन् । उनको साथबाट प्रहरीले १२ वटा प्लाष्टिकका कोटेट क्याप्सुलभित्र लुकाएको अवस्थामा कोकिन बरामद गरेको थियो ।
त्यसपछि संका लागेर थप जाँच गर्न प्रहरी अस्पताल महाराजगन्ज लगिएको थियो । सो क्रममा उनले निलेका २९ वटा कोकिनका क्याप्सुल पेटभित्रबाट डाक्टरको सहयोगमा निकालिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4