१० पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँग संसद् पुनर्स्थापनाका विषयमा छलफल भएको बताएका छन् ।
ललितपुरको कुपण्डोलस्थित बालेनका सहयोगी कुमार बेन्जनकारको निवासमा भएको भेटपछि उनले संक्षिप्त प्रतिक्रिया दिँदै संसद् पुनर्स्थापनाका विषयमा छलफल भएको बताएका हुन् ।
विघटित प्रतिनिधिसभाका सदस्य शर्माले भने, ‘संसद् सद पुनर्स्थापना गर्दा के हुन्छ/हुँदैन भन्ने विषयमा हाम्रो छलफल केन्द्रित भयो ।’
उनले बालेनले अन्य दल र समूहसँग गरिरहेको छलफलको विषयमा भने अनभिज्ञता जनाए ।
‘अरूसँग के भइरहेको छ, मलाई थाहा हुने कुरो भएन,’ शर्माले भने ।
नेता शर्माले आफूलाई ५–१० वर्षपछिको कांग्रेस सभापतिको रूप प्रस्तुत गर्दै पार्टी भने नछाड्ने प्रतिक्रिया दिए ।
कांग्रेस छोडेर अब यता हो ? भन्ने अनलाइनखबरको प्रश्नमा शर्मामा भने, ‘हामी कांग्रेसमा ५/१० वर्षपछि सभापति हुने मान्छे हो । कहाँ छोड्छौं ?’
प्रतिक्रिया 4