News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री बेनिशा हमालले निर्देशन, निर्माण र वितरणमा सक्रिय हुँदै फिल्म क्षेत्रको दायरालाई फराकिलो बनाएकी छन्।
- उनले हालै निर्देशन गरेको छोटो फिल्म 'मिसिङ ब्राइड' युट्युबमा रिलिज भएको छ र प्रशंसा प्राप्त गरेको छ।
- बेनीशा 'द ब्लू लाइट' फिल्मकी कार्यकारी निर्माता र डिजिटल अधिकार लिने कार्यमा थालनी गरेकी छन् र नयाँ सुरुवातको आशावादी छिन्।
काठमाडौं । अभिनेत्री बेनिशा हमालले फिल्म क्षेत्रको दायरालाई फराकिलो बनाउँदै अघि बढेकी छन् । अभिनयपछि उनी निर्देशन, निर्माण र वितरणमा पनि सक्रिय हुन थालेकी छन् ।
सन् २०११ मा फिल्म ‘स्वर’ मार्फत उनले घरेलु फिल्ममा डेब्यू गरेकी थिइन् । उनी निर्देशित छोटो फिल्म ‘मिसिङ ब्राइड’ हालै युट्युबमा रिलिज भएको थियो । यसले दर्शकबाट प्रशंसा प्राप्त गरेको छ ।
प्रदर्शन तयारीमा रहेको फिल्म ‘द ब्लू लाइट’ की उनी कार्यकारी निर्माता पनि हुन् । यही फिल्ममार्फत उनले डिजिटल अधिकार लिने कार्यको पनि थालनी गरेकी छन् । ‘यो मेरा लागि नयाँ सुरुवात हो’ उनले भनेकी छन् ।
यसको थालनी विहिबार रिलिज हुने तयारीमा रहेको ‘द ब्लू लाइट’ को टिजरदेखि सुरु हुनेछ ।
विहिबार बिहान एक पोस्टमार्फत बेनिशाले आफ्नो फिल्म निर्माण कम्पनी मौरी पिक्चर्सको युट्युब च्यानलमार्फत अबदेखि फिल्मको डिजिटल अधिकार लिन थालेको जनाएकी छन् ।
लेख्छिन्, ‘नयाँ सुरुवात सधैं अलमल र अनिश्चितताले भरिएको हुन्छ, तर त्यससँगै एउटा फरक उत्साह पनि हुन्छ । मलाई थाहा छ, यो यात्रा सजिलो हुनेछैन र रातारात सफलता पनि आउने छैन । तर म आशावादी छु, यो यात्राले मलाई धेरै कुरा सिकाउनेछ र फिल्ममेकिङको यात्रामा अझ अगाडि बढ्न मद्दत गर्नेछ ।’
फिल्ममार्फत योगदान दिने आफ्नो दायित्व रहेको जनाउँदै उनी भन्छिन्, ‘यस उद्योगमा लामो समय बिताउँदा मैले धेरै कुरा सिकेको छु, र अब फिल्ममार्फत केही योगदान दिनु मेरो दायित्व पनि हो भन्ने लाग्छ । नयाँ यात्राले नयाँ चुनौतीहरू ल्याउँछ, तर यस घडीमा हजुरहरूको माया, समर्थन र प्रोत्साहनको अपेक्षा गर्दछु ।’
प्रतिक्रिया 4