News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा खटिएका कुनै पनि युवामा दुर्व्यसन नभएको दाबी गर्नुभयो।
- उहाँले देशका केही चर्चित व्यक्तिहरू नशामा भेटिने तर एमालेका युवाहरू कुनै दुर्व्यसनमा नरहेको बताउनुभयो।
- ओलीले खैनी गन्हाएको कोही नभेटिएको र आफ्नो भनाइ मन नपरेर दुर्व्यसन छोड्न आग्रह गर्नुभएको छ।
१० पुस, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कुनै पनि युवा दुर्व्यसनमा नरहेको दाबी गरेका छन् । हालै सम्पन्न महाधिवेशनमा खटिएका युवाहरूको प्रशंसा गर्दैल ओलीले स्वयमसेवक भएर खटिएकानजिक पुग्दा कोही पनि खैनी गन्हाएको नभेटिएको ओलीको भनाइ थियो ।
उनले देशका केही चर्चित भनिएका मान्छेहरू भने नशामा भेटिने टिप्पणी गरे ।
‘यसपटक महाधिवेशनमा कसैको छेउमा पनि पुग्दा पनि खैनी गन्हाएको भेटिएन । खैनी भनेको कस्तो चिज छ भने ओठमा एउटा कुनामा च्यापेको छ भने पनि पर-पर गन्हाउँछ थाह भइहाल्छ। खटिएका कोही पनि कुनै पनि लागुपदार्थ, केही तरल पदार्थ प्रयोग गरेर बसेको पाइनँ,’उनले भने, ‘देशका चर्चित भनिएका मान्छेहरू नशामा भेटिन्छन् । हाम्रा युवाहरू कुनै दुर्व्यसनमा हुनुहुन्न । मेरो भनाइ मन नपरेर दुर्व्यसन छोड्नुभए म खुसी हुन्छु ।’
प्रतिक्रिया 4