१० पुस, काठमाडौं । जेनजी फ्रन्टकी अगुवा रक्षा बम र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच बुधबार साँझ वार्ता भएको छ । उक्त छलफलमा मेयर शाहले राजनीतिक सहकार्यका लागि बमसँग अनुरोध गरेका छन् ।
दुवै नेतृत्वकर्ताहरूले देशको विकास र वैकल्पिक शक्तिको निर्माणमा जोड दिँदै इमानदारितालाई मुख्य आधार बनाएर अगाडि बढ्ने विषयमा गहन छलफल गरेका थिए ।
बमका अनुसार, छलफलको क्रममा बमले सहकार्यका लागि आवश्यक सैद्धान्तिक आधारहरू खोजेकी थिइन् । उनीहरूबीच भएको वार्तापछि ‘इमानदारिता र निस्वार्थ देशसेवा’ लाई साझा धरातलको रूपमा पहिचान गरिएको थियो । ‘देशमा काम गर्ने नेतृत्व चाहिएको छ, जसमा कुनै स्वार्थ नहोस् । हाम्रो कमन ग्राउन्ड इमानदारिता नै हो,’ बमले अनलाइनखबरसँग भनिन् ।
मेयर शाहले जेनजी फ्रन्टका सदस्यहरूलाई एक ठाउँमा ल्याउन बमलाई विशेष भूमिका खेल्न पनि अनुरोध गरेका थिए । जेनजीलाई एक ठाउँ ल्याउन भूमिका खेल्न बालेनले आफुलाई भनेको संकेत बमले गरिन् ।
यसका साथै, छलफलमा ‘देश विकास पार्टी’ को विषय पनि उठेको थियो । यही पार्टीको नाममा सहकार्य गर्न बालेनले प्रस्ताव गरेका थिए ।
वार्तामा वैकल्पिक शक्तिहरू एक ठाउँमा आउनुपर्ने आवश्यकतामा पनि जोड दिइएको थियो ।
प्रतिक्रिया 4