News Summary
Generated by OK AI. Editorially reviewed.- एक्सन फिल्म 'परिवर्तन' मा समावेश गीत 'पाकेको चिउरी' ९ माघदेखि प्रदर्शन तयारीमा रहेको अवस्थामा क्रिसमस अवसरमा युट्युबमा सार्वजनिक भएको छ।
- गीतको भिडियोमा सुशील श्रेष्ठ र अञ्जना बराइली छमछमी नाचेको र प्रेमकथा चित्रण गरिएको छ भने लोकलयमा आधारित गीतमा एसडी योगी र रेश्मा पुनको आवाज छ।
- निर्देशक विजय केरुङले गीतलाई कथाअनुसार रोजेको र गाउँघरको टिपिटकल शब्दले दर्शकलाई छुने विश्वास व्यक्त गर्नुभएको छ।
काठमाडौं । ९ माघदेखि प्रदर्शन तयारीमा रहेको एक्सन फिल्म ‘परिवर्तन’ मा समावेश गीत ‘पाकेको चिउरी’ युट्युबमा सार्वजनिक भएको छ । क्रिसमस अवसरमा विहिबार गीत रिलिज भएको हो ।
गीतको भिडियोमा सुशील श्रेष्ठ र अञ्जना बराइली छमछमी नाचेका छन् । गीतमा दुवैको रसायन मिलेको देखिन्छ । लोकलयमा आधारित गीतको भिडियोमा प्रेमकथा चित्रण छ ।
निर्देशक विजय केरुङले गीतलाई दर्शकले मन पराउने बताए । उनले भने, ‘कथाअनुसार कै गीतलाई रोजेका छौँ । गाउँघरको टिपिटकल शब्दलाई गीतमा बुनिएको हुनाले दर्शकलाई छुन्छ होला ।’
नृत्य निर्देशन रामजी लामिछानेले गरेका हुन् । छायांकन शिव ढकालको छ । गीतमा एसडी योगी र रेश्मा पुनको आवाज छ भने संगीत योगीकै छ ।
शब्द रचना मौसम अर्यालको छ । दिब्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचे लगायतको अभिनय छ ।
प्रतिक्रिया 4