+
+
Shares

चुनावबारे पूर्वप्रमुख निर्वाचन आयुक्तको सुझाव– हिमाली क्षेत्रको मौसम ख्याल गरियोस्

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १० गते १६:०५

१० पुस, काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन गर्दै गर्दा भूगोलको मौसमलाई ख्याल गर्नुपर्ने बताएका छन् ।

‘२१ फागुनमा निर्वाचन हुनुपर्छ’ थपलियाको प्रश्न छ, ‘तर त्यसदिन हुम्लाका मान्छेले भोट हाल्न पाउँछन कि पाउँदैनन् ? उनीहरूले भोट हाल्न पाउनु पर्दैन र !’

बिहीबार सेन्टर फर पोलिसी रिसर्चले काठमाडौंमा आयोजना गरेका कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । २१ फागुनको चुनावमा हिमपातका कारणले हिमाी क्षेत्रमा मतदान गराउन अप्ठ्यारो हुन सक्ने भएकाले त्यस क्षेत्रको सन्दर्भमा गम्भीर हुनुपर्ने थपलियाको सुझाव छ ।

विकल्पमा के गर्न सकिन्छ त ? जवाफमा थपलियाले दुई चरणमा चुनाव गर्न सकिने उपाय सुझाएका हुन् ।

हिमाली क्षेत्रमा हिँउ पर्ने, घाम नलाग्ने हुँदा चिसोले निर्वाचन गर्न अप्ठ्यारो हुने भएकाले सहज हुने ठाउँमा २१ फागुनमा र असहज हुने ठाउँमा अर्को पटक चुनाव गर्न सकिने उनले बताएका हुन् ।

उनी थप्छन्, ‘निर्वाचन फागुन २१ गते हुनपर्दछ । फेरि मलाई कता कता लाग्छ, म संखुवासभाको हिमाली जिल्लाको मान्छे, मेरो जिल्लामा भोट खोला भन्ने गाउँपालिका छ । मकालु भन्ने गाउँपालिका छ । मनाङमा जागिर खाएर बसेको फागुनको २१ गते टंकी मनाङ भन्ने ठाउँमा के होला ?’

खाङ्सार भन्ने ठाउँमा काठमाडौमा बसोबास गरेको मान्छे ३ मिनेट उभिन नसक्ने अवस्था हुने भन्दै उनले भने, ‘अनि प्रचार प्रसार कसरी हुन्छ ? पुलिसले कसरी सुरक्षा गर्दो हो ? के नेपाल भनेको यो भुगोल सबै पर्दैन र ?’

यसबारे सरकारले सोच्नुपर्ने उनको आग्रह छ, ‘यदी दुई चरणमा निर्वाचन गर्नुपर्ने हो भने सोच्नुपर्दैन र ? एकै चरणमा गर्न सकिँदैन भने २१ फागुनमा पहिलो चरणमा निर्वाचन गरेर दोस्रो हिँउ नहुने अवस्थामा गर्ने हो की ? नेपालको हिमाली क्षेत्रमा मैले पढेको इतिहासअनुसार २८ चैतभन्दा अगाडि निर्वाचन भएको इतिहास नै छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?